काठमाडौं, ७ असोज–चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज बेइजिङ पुग्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ। चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलन आयोजना गरेका छन्।

नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने सम्मेलनमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा छलफल हुनेछ। प्रधानमन्त्री दाहाल आजै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भोलि भने प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजी र चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

भोलि नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ। त्यसपछि चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम छ भने चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्।

हिजो प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसंग हाङचाओमा भटवार्ता गरे। प्रधानमन्त्री दाहालसहितको प्रतिनिधिमण्डल यही असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *