दमक, ९ असोज–झापाको दमकस्थित बेलडाँगी रोडमा आज (मंगलबार) देखि मेची फर्निचर उद्योगसहितको सोरुम सञ्चालनमा आएको छ । दमकका पुजन शिवाकोटीले सञ्चालनमा ल्याएको सोरुमसहितको फर्निचर उद्योगको आज विहान एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख तथा कार्यवहाक प्रमुख रेगिना प्रसाई भट्टराई र दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहनुका कार्यवहाक अध्यक्ष राजु खड्काले संयुत्त रुपमा रिवन काटेर सोरुमको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा नगरपालिकाकी कार्यवहाक प्रमुख रेगिना प्रसाई भट्टराईले सरकारले तोकेका मापदण्डहरुको पालना गरेर मर्यादित व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै युवाहरु स्वदेशमै स्वरोजगारको बाटोमा लाग्नु सुखद भएको उल्लेख गर्नुभयो ।

मेची फर्निचर उद्योगको उद्घाटनपछि उद्योगका सञ्चालक शिवाकोटीले जर्मनी प्रविधिसहितको आधुनिक सामाग्रीहरुले निर्मित फर्निचरहरु सोरुममा उपलब्ध गराइने बताउनुभयो । वहाँले दमकमा धेरै फर्निचरहरु सञ्चालनमा आएपनि ग्राहकहरुको रोजाई अनुसार फर्निचरका सामाग्रीहरु प्रयोग गर्न नसकिरहेको समस्यालाई मध्यनजर गर्दै मेची फर्निचर उद्योग तथा सोरुम स्थापना गर्नुपरकोृ जानकारी दिनुभयो ।

विगत १५ बर्षदेखि फर्निचर सम्बन्धिको काममा क्रियाशील शिवाकोटीले सो सोरुम उद्घाटनको अवसर पारेर नजिकिएको दशैं, तिहार, छैठ जस्ता चाडपर्व भरि हरेक समान खरिदमा आर्कषक छुटसहित भाग्यसाली उपहार कार्यक्रम समेत राखिएको जानकारी दिनुभयो । शोरुममा १५ हजार रुपैयाँ भन्दा माथिको आर्कषक संगै टिकाउयुक्त हुने पलङ्ग, दराज लगायतका घरायसी समानहरु छन् ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष रुवल अधिकारी, कार्यसमिति सदस्यहरु हेमसिंह अधिकारी, होटल व्यवसायी संघका माइपश्चिम क्षेत्रीय समिति अध्यक्ष योगराज दंगाल, दमक जेसीजका पूर्व अध्यक्ष कमल कटुवाल लगायतका उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *