मोरङ, ९ असोज–मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले ठूलो परीणाममा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।
सोमबार दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको इटहरी उप–महानगरपालिका–१२ का ४० वर्षीय सुशीलकुमार साह र चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ का ३२ वर्षीय राजकुमार श्रेष्ठको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद १० हजार रुपैयाँ बरामद गरेको थियो ।
लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।
