काँकडिभिट्टा, ९ असोज–नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि झापाको काँकडिभिट्टास्थित मेची नदीवाट सुरु गर्ने समाजवादी जागरण यात्रा सम्बन्धी आज (मंगलबार) काँकडिभिट्टामा पत्रकारहरुसंग भेटघाटसहित अन्तरक्रिया गरिएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी झापा र मेचीनगर नगर कमिटीको संयुक्त आयोजनामा भएको पत्रकार भेटघाटसहितको अन्तरक्रियामा समाजवादी जागरण यात्राको बारेमा जानकारी गराइएको थियो ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र जिल्ला कमिटी झापाका इन्चार्जसमेत रहनुभएका समाजवादी जागरण यात्रा मुल समारोह कमिटीका संयोजक पुष्पराज पोख्रेलको प्रमुख आतिथ्यतामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
सो क्रममा पत्रकारहरुले उठाएका विभिन्न विषयहरुमा नेताहरु पुष्पराज पोख्रेल, बेदराज रेग्मी, समाजवादी खेलकुद महासंघ प्रदेश अध्यक्ष समेत रहनुभएका समाजवादी जागरण यात्रा आर्थिक विभागका संयोजक शंकर थापा, समाजवादी प्रेष संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य निलमणी वराल, शारदा शर्मा लगायतका नेताहरुको सहभागिता थियो । सो कार्यक्रमको सहजिकरण समाजवादी प्रेष संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देलले गर्नुभएको थियो ।
यता, सोही अवसरमा नेकपा (एकीकृत समाजवादी) मेची नगर कमिटीले जागरण यात्राको तयारी र त्यसको व्यवस्थापनका बारेमा बैठक वसेर छलफल गरेको एकीकृत समाजवादी झापाका पूर्वल सचिव विपी भट्टराईले जानकारी दिए ।
त्यसैगरी, हिजो (सोमबार) दमकमा जागरण यात्रालाई सफल बनाउन आवश्यक तयारीका बारेमा बैठक वसेर छलफल गरिएको समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेब राईले जानकारी दिए । राईका अनुसर दमकमा जागरण यात्राका लागि आगान्तुकहरुका लागि स्वागत ब्यानर, दमक गणतन्त्र चौकमा पार्टीको झण्डाले सजाउने, अपरान्ह हुने कोणसभाका लागि पिउने पानी सहित जागरण यात्राको उद्घाटन स्थल काँकडिभिट्टासम्म वसको व्यवस्थापन गर्ने लगायतका निर्णयहरु भएको छ ।
