दमक, ९ असोज–झापाको दमकमै पुरानो सहकारी संस्थाको रुपमा स्थापित राष्ट्रिय वहुमुखी सहकारी संस्थाको निर्वाचनसहितको २४औं वार्षिक साधारणसभा भोली (बुधबार) दमकमा सम्पन्न हुँदैछ ।

दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय वहुमुखी सहकारी संंस्थाले दमक–५ मा अवस्थित रोयल पार्टी प्यालेसमा निर्वाचनसहित २४औं साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको र सोही अवसरमा संस्थाका आगामी कार्याकालका लागि सञ्चालक समिति पुर्नगठन समेत हुने भएको छ ।

निर्वाचन समितिका संयोजक पारषमणी आचार्यले संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले कार्यतालिका बनाइएको र सो अनुसार सर्वसम्मत ढंङ्गले ११ सदस्यीय सञ्चालक समिति र लेखा समिति सदस्य निर्वाचित भएको बताउनुभयो ।

आगामी कार्याकालको लागि गठित संस्थाको सञ्चालक समितिको अध्यक्षमा लछुदास (एलडी ) राई, उपाध्यक्षमा कृष्णप्रसाद गोले, सचिवमा दिपेन वाला राई, सहसचिवमा फुलसरी राना, कोषाध्यक्षमा र्टकप्रसाद दुलाल चुनिएका छन् ।

यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा पारषमणी राई, यज्ञराज (विष्णु) आङदम्बे, पदमबहादुर तामाङ, हरिमाया कन्द्ङवा, राजेन्द्रकुमार लिम्बू र वासुदेब राई निर्वाचित भएका छन् ।

यता, सुरेन्द्र लिम्बूको संयोजकत्वमा यमुना भट्टराई र ज्ञानदिप राई रहेको तीन सदस्यीय लेखा समितिमा निर्वाचित भएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *