दमक ,१० असोज–झापाको दमक–८ सेतुमारी रोडमा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाको आज सम्पन्न चुनावीसहितको २४औं वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
सर्वसम्मत ढंङ्गबाट निर्वाचित संस्थाको सञ्चालक समितिको अध्यक्षमा लक्षुदास (एलडी) राई, उपाध्यक्षमा कृष्णबहादुर गोले, सचिवमा दिपेनवाला राई, सह-सचिवमा फुलसरी राना र कोषाध्यक्षमा टंकप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका हुन् ।
सञ्चालक समिति सदस्यहरुमा यज्ञराज आङदेम्बे (बिष्णु) सुब्बा, पारसमणी राई, पदमबहादुर तामाङ, हरिमाया कन्दङवा, राजेन्द्रकुमार लिम्बू र बासुदेव राई निर्वाचित भएका छन् । त्यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुरेन्द्र लिम्बू र सदस्यद्धयमा यमुना भट्टराई र ज्ञानदिप राई चुनिएका छन् ।
बुधबार रोयल पार्टी प्यालेसमा आयोजित संस्थाको २४औं बार्षिक साधारणसभामा निर्वाचित सञ्चालक समितिका पदाधिकारीहरु, सदस्यहरु र लेखा सुपरिवेक्षण समितिका संयोजक र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरणसहित सपथग्रहण गराईएको थियो ।
नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन संयोजक पारषमणि आचार्यले सपथग्रहण गराउनुका साथै निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाको नयाँ नेतृत्व चयन गर्न आचार्यको संयोजकत्वमा कानुनी सल्लाहकार मकवान लिम्बू र अनिलदेव राई सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

