दमक, १० असोज–क्लव हिमालयन टाइगरले आज (बुधबार) झापाको दमकस्थित गोर्खा डिर्पाटमेन्टको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो रक्तदान कार्यक्रममा ३० जना महिलासहित १३१ जनाले रत्तदान गरेका क्लब हिालयन टाइगर दमक शाखाका सचिव तीर्थराज राईले जानकारी दिनुभयो ।
संस्थाको चौथो स्थापना दिवस तथा साधारण सभाको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा क्लवका पदाधिकारी,सदस्यहरु, सर्वसाधारणहरु गरि १३१ जनाले रगतदान गरेका थिए ।
क्लवका अध्यक्ष रेवतराज भण्डारीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी मनोज कुमार लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनु भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
क्लब हिमालय टाइगर दक्षिण कोरिया शाखाको तर्फबाट रक्तदान कार्यक्रमलाई प्रायोजन गरिएको थियो । कार्यक्रममा दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहालले रक्तदान गर्नुपर्ने, यसको महत्व, आवश्यक्ता सम्बन्धी बिचारहरु राख्नुभएको थियो ।
त्यस्तैं, सो कार्यक्रममा दमक उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष राजु खड्का, उपाध्यक्ष राजकुमार योङया, कार्यसमिति सदस्य हेमसागर अधिकारी, पदम राउत, क्लब हिमालय टाइगर दमक शाखा अध्यक्ष मेघनाथ फुयल, पत्रकार राजु (गोविन) निरौला पत्रकार एबम् क्लबका सदस्य कोशिष शिवाकोटी, स्वास्थ्यकर्मी तथा क्लबका सदस्य किरण कुमार
लगायतका व्यात्तित्वहरुको उपस्थिति रहेको थियो ।

