झिलझिले, ११ असोज–झापाको झिलझिलेस्थित संम्झाना चौकको उत्तरतर्फको खेलमैदानमा आजदेखि सुरु प्रथम बोका जुनियर फुटबल प्रतियोगिताको भब्य समारोहबीच समुद्घाटन गरिएको छ ।
शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकका खेलप्रेमीहरुले स्थापना गरेको बोका जुनियर फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नगर प्रमुख मेगाहाङ (रोशन) थोप्राले गर्नुभएको छ ।
क्लबका अध्यक्ष सुनिल वोखिमको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएको नगर प्रमुख थोप्रोले खेलकुदको माध्यमद्धारा समाजमा युवाहरुमा बढ्दो निरासा, आक्रोस, कुष्ठा घट्नुका साथै लागुपदार्थ दुर्व्यसनीबाट युवाहरुलाई बचाउन सघाउ पुग्ने बताउनुभयो ।

कार्यक्रममा शिबसताक्षी–८ का वडा अध्यक्ष सन्त फेउवादिन, शिबसताक्षी ७ नम्बर वडाका पूर्व अध्यक्ष नविन इजम लगायतले प्रतियोगितालाई सफलताका साथ सुसम्पन्न गर्न सवैबाट सहयोग जुट्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्लबका सहसचिव सुनिल योङहाङ्गले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई प्रतियोगिता मूल समारोह समितिका संयोजक सुवास मेन्याङबो र सुवास राईले सञ्चालन गर्नुभएको थियो ।
आजै, प्रतियोगिताको पहिलो दिन दुई खेलहरु भएको छ । उद्घाटनको अवसरमा पहिलो खेल एभरग्रिन फुटबल क्लब लक्ष्मीपुर इलाम र सृजना युवा समाज चुलाचुली इलामबीच भएको थियो । सो खेलमा सृजना युवा समाजले ३–० को गोल अन्तरले एभरग्रिन फुटबल क्लब लक्ष्मीपुर इलामलाई पराजित गरेको छ । सो प्रतियोगितामा सन्देश खवास म्यान अफ द म्याच घोषित हुदैं नगद पुरुस्कार पाउनुभएको छ ।

त्यस्तैं, आजै सम्पन्न दोस्रो खेलमा आयोजक (रातो) लाई केएनके स्पोटिङ क्लब माइधारले फराकिलो गोल अन्तरले हराएको छ । खेल सुरु भएको ४ मिनेटमै आयोजकले पाएको मौका गोलमा परिणत गराएको थियो ।
१–० को नतिजालाई उल्ट्याउदैं केएनके स्पोटिङ क्लब माइधारले आयोजक बोका जुनियर (रातो) लाई दबाबमा राखेको थियो । गोल खाएको १७ मिनेटमा केएनके स्पोटिङ क्लबले १–१ को अवस्थामा ल्याउन सफल भयो । बराबरीको स्थितीलाई केएनकेले आयोजक (रातो) लाई प्रतियोगिताको पहिलो हापमा थप दुई गोल बनाउन सफल भयो ।
त्यस्तैं, दोस्रो हापभित्र केएनके स्पोटिङ क्लबले ४ गोल गर्दै घरेलु मैदानमा आयोजक क्लबलाई पाखा लगाएको थियो । सो प्रतियोगितामा बिजेता टिमका ३ गोलकर्ता पवन राईलाई म्यान अफ दी म्याच घोषित भए ।

यसैगरी, भोली (शुक्रबार) दुई खेल हुने आयोजक क्लबले जनाएको छ । शुक्रबार दूई खेल अन्तर्गत पहिलो खेलमा फाक्तेप फुटबल क्लब र मुनल्याण्ड स्पोटिङ क्लबबीच हुने र दोस्रो खेल ब्याङडाँडा फुटबल क्लब र रेल स्ट्रार फुटबल क्लबबीच हुने आयोजकले जनाएृको छ ।
कुल १६ वटा टिमहरुले सहभागिता जनाएको प्रथम बोका जुनियर फुटबल प्रतियोगितामा बिजेताले रु २५ हजार र उपबिजेताले रु १५ हजारसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
सो प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । त्यस्तै, प्रतियोगिता सम्पन्न गर्न रु ३ लाख ५ हजार अनुमानित खर्च हुने र त्यसका लािग शिबसताक्षी नगरपालिका वडा नं ८ को कार्यालय, खेलकुद विकास समिति लगायत देश विदेशमा बस्ने खेलप्रेमीहरु र स्थानिय संघसंस्था, व्याक्ति, व्यवसायी, उद्यमीहरुले आर्थिक संङ्कलन भएको छ।

