दमक, १२ असोज–झापाको दमकमा आज (शुक्रबार) विहान साथीहरुवीच ‘ग्याङ्ग फाईट’ हुदाँ एक जना युवाको ज्यान गएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार चुलाचुली गाउँपालिका वडा न ३ पेल्टिमारीका ३७ बर्षिय गोविन्द लिम्बूको ज्यान गएको हो ।

दमक-१ कुमाल चौंकस्थित एक होटलमा आज विहान करिव ३ वजेतिर चुलाचुली इलाम र दमकका युवाहरुबीच बसेर मदिरा खानपीनपछि झगडा भएको हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक लामाले बताए ।

एक्कासि छुराले घाँटी ,पाखुरामा प्रहार गरी सख्त घाईते बनाएकोमा घाईतेलाई तत्काल उपचारका लागि लाईफलाईन अस्पताल दमक लगेकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाको अनुसन्धानका लागि होटल सञ्चालकसहित ५ जना युवालाई नियन्त्रणमा लिएको र छुरा प्रहार गर्ने दमक–७ का सनम राईको खोजी भईरहेको प्रनाउ लामाले जानकारी दिए । पक्राउ परेकाहरुको नाम खुलाईएको छैन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *