काठमाडौं, १२ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताउनु भयो ।

बिहीबार पार्टीको मेची–महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न आफूहरुले संसदबाट समेत सरकारको ध्यानाकर्षण गराएको बताउँदै भने, ‘अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन ।

छलफलबाट केहीकेही थोरै बढाउनु त एउटा कुरा होला । तर, आफ्नो हिसाबले भइरहेको मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराउँछौं ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *