काठमाडौं, १२ असोज–नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगर अष्ट्रेलिया गएका छन्। दशकभन्दा लामो फुटबल करियरलाई त्यागेर उनी अष्ट्रेलिया पलायन भएका हुन्। उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू थिए। एन्फा एकेडेमीका उत्पादन विमलले नेपालका लागि ४० क्याप जितेका छन्।

२५ वर्षीय विमलले मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए–डिभिजन लिग खेलेका थिए। सन् २०१५ मा नेपालले विमलको कप्तानीमा भारतलाई हराउँदै पहिलो अन्डर नाइन्टीन साफ च्याम्पियनसिप जितेको थियो।

गत साउनमा नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहेको अवस्थामै राष्ट्रिय टिमका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान रोजगारीका लागि अष्ट्रेलिया गएका थिए। त्यसको केही दिनअघि अन्तिम सिजनको ए–डिभिजन लिगका सर्वाधिक गोलकर्ता दीपकराज सिंह ठकुरी पनि अष्ट्रेलिया गएका थिए।

पछिल्लो एक वर्षमा नेपालका ५० भन्दा धेरै खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *