दमक, १३ असोज–बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो सभाद्धारा संस्थाको आागामी चार वर्षे कार्यकालका लागि सञ्चालक समितिको अध्यक्षमा पुनः अशिम राई सर्वसम्मत निर्वाचित भएका छन् ।
दमक ६ वर पिपल चौकमा अवस्थित विश्वाशिलो बचत तथा ्ऋण सहकारी संस्थाले आज (शनिबार) कार्यालय भवनमा १२औं चुनावी वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सो बार्षिक साधारणसभाले ७ सदस्यीय सञ्चालक समिति गठन गर्नुका साथै लेखा सुपरिवेक्षण समिति गठन गरेको छ ।
सञ्चालक समितको अध्यक्षमा पुनः असिम राईसहित उपाध्यक्षमा सम्झाना साँवा लिम्बु, सचिबमा सुमनकुमार राई निर्विरोध निर्वाचित भएका छन् । त्यस्तैं, सञ्चालक समितिका सदस्यहरुमा क्रमशः नारायण प्रसाद खरेल, अनिमा तामाङ्ग, निर्माला लावती, युबराज दंगाल सर्बसम्मत चयान भएको निर्वाचन समितिका संयोजक अनिलदेब राईले जानकारी दिए ।

निर्वाचन समितिका संयोजक राईका अनुसार लेखा सुपरिवेक्षण समितको संयोजकमा पुनः खेमराज पौडेल चयन भएका छन भने सदस्यहरुमा क्रमशः कबिता फागो र माया राई चयन भएका छन ।
कार्यक्रममा संस्थाले आर्थिक बर्ष ०७९।०८०को असार मसन्तसम्ममा रु १ करोड ४ लाख २२ हजार ६ सय सेयर पुँजी रहेको छ भने रु ३ करोड ७० लाख १२ हजार ५ सय २८ रुपैयाको वासलात रहेको संस्थाका अध्यक्ष असिम राईद्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
त्सैगरि, संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक खेमराज पौडेलले लेखा समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अध्यक्ष र लेखा समितिको बार्षिक प्रतिबेदन सभाको बन्दसत्रबाट सुझब सहित पारित भएको छ ।

संस्थाका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्याटन दमक वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापाले गरेका थिए । कार्यक्रममा समता कृषि सहकारी संस्था दमक–९ का अध्यक्ष शान्तिराम भट्टराई, पत्रकार महासंघ प्रदेश सदस्य विष्णु सुब्बा, मनकुमार गदाल, गोविन ल्वागुन लगायतको उपस्थिति थियो ।
सो अवसरमा संस्थाले बिभिन्न सदस्यहरुलाई नगद र सम्मान पत्रले सम्मा गरेको छ । यसरी सम्मानित हुनेमा दैनिक बचतकर्ताद्धोय मनिकुमार सरुमगर र बिषल सिटौला, क्रमिक बचतकर्ता द्धोय युवराज पाठक र सुखमति लिम्बु, आवधिक बचतकर्ता राममाय बस्नेत, बाल सुनौलो भबिश्य बचतकर्ता मिहाङ राई, अनिबार्य नियमित बचतकर्ता भिममाया नेम्बाङ्ग, दैनिक असल ऋण कारोबार गर्ने पत्रा श्रेष्ठ, अनुषा राई, देबराज श्रेष्ठ, टिकाराम भण्डारी र मासिक असल ऋण कारोबार गर्ने अनिता बिश्वकर्मा र लक्ष्मिमाया नेम्बाङ्गलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, संस्थाका बजार प्रतिनिधि आनन्द धिमाललाई बर्ष उत्कृष्ट कर्मचारी पुरस्कारद्धारा सम्मान गरिएको संस्थाका ब्यबस्थापक हरिप्रसद दाहालले जानकारी दिए ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सम्झाना साँवा लिम्बुले स्वागत मन्तबय बोलेको कार्यक्रमको संचालन सचिब सुमनकुमार राईले गरेका थिए ।
यस अघि बन्द सत्रको संस्थाको आगामी चार वर्ष कार्याकालको लागि सञ्चालक समितिका नव निर्वाचित पदाधिकारी र सदस्यहरु र लेखा सु्परिवेक्षण समितिका संयोजक र सदस्यहरुलाई सपथ खुवाइएको थियो । संस्थाका व्यवस्थापक हरिप्रसाद दाहालका अनुसार नव निर्वाचित सञ्चालक समितिका पदाधिकारीहरु, सदस्यहरु र लेखा सुपरिवेक्षण समितिका संयोजक र सदस्यहरुलाई निर्वाचन समितिद्धारा अविर लगाएर खादाले सम्मान गरिएको थियो ।
सोही अवसरमा सञ्चालक समिति र लेखा स्ुपरिवोण समितिका निर्वाचितहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको थियो ।






