झिलझिले, १६ असोज–झापाको शिवसताक्षी–८ झिलझिलेमा जारी प्रथम बोका जुनियर फुट्बल प्रतियोगिता अन्तरगत आज (मंगलबार) बाट क्वाटर फाइनल सस्करण पूरा भएकोछ।

प्रतियोगिता अन्तरगत आज दुई क्वाटर फाइनल खेल सम्पन्न भएको छ । आज सम्पन्न दुई क्वाटर फाइनल खेलसंगै क्वाटर फाइनलको समीकरण पूरा भएको हो ।

प्रतियोगितको पहिलो खेल दुधे युथ क्लब र फुलबारी फुट्बल क्लबबीच भएको थियो । उक्त खेलमा दुधे युथ क्लब १–० गोल अन्तरले बिजयी हुँदै सेमिफाइनलको यात्रा तय गर्यो । दोस्रो हापमा प्रदिप बुडाथोकीले लगाएको गोल नै दुधे युथ क्लबको लागि निर्णायक बन्यो ।

त्यसैगरि, आजै भएको दोस्रो खेलतर्फ एम.एफ.सि युथ क्लब चुलाचुली भर्सेस राईजीङ्ग युथ क्लब शिबगन्जबीच भएको थियोे । उक्त खेल सडनडेथमा एम.एफ.सि चुलाचुली बिजयी भएको हो ।

निर्धारित समयमा दुबै टिमबाट १–१ को बराबरी भयो र खेल पेनाल्टीमा धकेल्यो तर पेनाल्टी सुटाउटमा पनि बराबरी भएपछि खेलको छिनो फानो सडनडेथबाट भएको हो ।

यस खेलको म्यान अफ द म्याच बिजेता टिमका ओसन राई घोशित भए ।

भोली (बुधबार) बाट पहिलो सेमिफाइलको सस्करण सुरु हुँदै छ । भोलि शृजङ्गा युवा समाज चुलाचुली इलाम र एम.एफ.सी चुलाचुली कमलबीच हुने आयोजकले समितीका खेल सम्योजक सुबास लिम्बुले जानकारी दिए ।

असोज २० गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेता टिमले १५ हजारसहित मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *