काठमाडौँ, २५ असोज–युद्धग्रस्त इजरायलबाट आज २५० जना नेपाली स्वदेश फर्कदै छन्। इजरायलको तेल अविवका विमानस्थलमा स्वदेश फर्कने नेपालीहरुको भिड लागेको छ।

विमानस्थलमा नेपालीहरु आफ्नो सामानहरु बोकेर नेपाल फर्किन लागेको तस्बिरहरुमा देख्न सकिन्छ। घाइते भएका नेपालीहरु ह्वलचेयरमा विमानस्थल पुगेका छन्।

उनीहरुलाई लिनका लागि नेपाल वायु सेवा निगमको जहाज इजरायलमा अवतरण गरिसकेको छ। जहाज दुई घन्टा होल्ड हुने छ र ३ बजेर ५५ मिनेटमा नेपाल फर्कने छ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये सो जहाजमा २५० जना नेपाली फर्किने छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *