पाराबारी (धरमपुर), २५ असोज–झापाको शिबसताक्षी–३ पाराबारीमा जारी प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कपमा बिर्तामोड भेट्रान क्लब बिजयी भएको छ ।
आज (विहिबार) सम्पन्न भएको खेलमा दमक भेट्रान क्लबलाई सडन डेथमा पाखा लगाउदै बिर्तामोडले क्वाटर फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुबै तर्फबाट १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । तर ट्राइबेकरमा पनि बराबरी भएपछि खेल सडन डेथबाट छिनोफानो भएको हो ।
खेलको पहिलो हापको १४औ मिनेट्मा बिर्तामोडका जर्सी नम्बर ७ का सन्तोस राईले बिपक्षी टिमका गोल किपरलाइ बाउन्स गरि गोललाइ गोल पोस्टको दिशा दिएर जाली चुमएसंगै बिर्तामोडले गोलको खाता खोल्यो ।
पहिलो हाप १–० को अग्रता कायम गरेको बिर्तामोडले खेललाई नियन्त्रण गर्न नसक्दा इन्जुरी समयमा गोल खान पुग्यो र खेल बराबरी भयो ।
खेललाइ बराबरी बनाउनको लागि दमकका जर्सी नम्बर १९ का चन्द्र मगरको क्रस पासलाई सदुपयोग गरि उत्कृष्ट गोल गरेका थिए ।
आजको खेलको म्यान अफ द म्याच बिजेता टिमका गोल किपर मदन अधिकारी घोषित हुँदै उनले नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तरगत भोलि (शुक्रबार) पाहुना टिम मोरङको उर्लाबारी भेट्रान क्लब मोरङ भर्सेस कन्काइ भेट्रान झापाबीच हुने आयोजक पाराबारी भेट्रान क्लबका अध्यक्ष तारा (मनकुमार) फयाकले जानकारी दिए ।
असोज ३० गतेसम्म सन्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । सो प्रतियोगिताम उपाधी बिजेता टिमले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि मेडल र प्रमाणपत्र चित्त बुझाउने आयोजकले जनाएको छ ।
खेल शिबसताक्षी–३ पाराबारीस्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको छ । सो प्रतियोगिताको उद्घाटन शिबसताक्षी नगर प्रमुख मेगाहाङ थोप्रोले गर्नुभएको थियो ।
प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष फ्याकले नेपालीहरुको महान चाडपर्वको आगमनसंगै स्थानीय गाउँघरमा खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए ।
वहाँका अनुसार प्रतियोगिता गर्न नगरपालिकाको कार्यालय र वडा नं ३ को कार्यालयले आर्थिक सहयोग गरेपनि त्यो पर्याप्त र्छैन । यसर्थ, प्रतियोगिता सम्पन्न गर्नका लागि खेलप्रेमी मानुभावहरु, पूर्व खेलाडीहरु, स्थानीय उद्यमी व्यवसायीहरु र शुभेच्छुकहरुको सहयोग र साथ आवश्यक रहेको अध्यक्ष फयाकले बताए ।

