मंगलबारे (धरमपुर), २५ असोज–झिलझिलेमा प्रधान कार्यालय रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाले धरमपुरस्थित मंगलबारे सेवा केन्द्र स्तरीय इकाईगत १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
मङ्गलबारे सेवा केन्द्रले मङ्गलबारे बजारस्थित सानाकिसान कृषि सहकारी संस्थाको सभाहलमा इकाईगत १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
मङ्गलबारे सेवा केन्द्रको इकाईगत वार्षिक साधारणसभामा संस्थाले १३ जना जेष्ट सदस्यसहित उत्कृष्ट कारोबार गर्ने ९ जना सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने जेष्ठ सदस्यहरु वीरवहादुर राई, पदम प्रसद चिमरिया, पुर्णबहदुर राई, मनमाया बस्नेत, अभिमाया फुयाल, बिश्णु माया उप्रेती, भिमबहदुर बस्नेत, नरमाया बोहरा, प्रभुनाथ पुयाल, हिरामाया फुयाल, कृष्णकुमारी कार्की र गजेन्द्र बहदुर खड्का रहेका छन ।
त्यस्तैं,उत्कृष्ट कारोबार गर्ने ९ जनालाइ संस्थाले सम्मान गरेको छ । यसरी सम्मनित हुनेमा रमेश चिमरिया, अनिल साह, अञ्जली सुवेदी, सुर्यप्रकास लामिछाने, नरेन आङ्ग्देम्बे, लक्ष्मी राई, रतन बहादुर रुजाली, राधा मादेम्बा र चित्र बहादुर बिश्वकर्मा रहेकाछ्न ।
सम्मानित जेष्ठ सदस्य र उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई प्रमुख अतिथि सन्चालक समितिका उपाध्यक्ष मोहन मैनाली, छिमेकी सहकारी संस्था सञ्चालक समिति सचिव उदयप्रकाश राई, सदस्य पशुराम ढुंङ्गाना, संस्थाका कार्यकारी प्रमुख नरप्रसाद (नबीन) ओली लगायतले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र वितरण गरेका थिए ।

मङलबारे सेवा केन्द्रका संयोजक बिष्णुप्रसाद चिमरियाको अध्यक्षतामा वार्षिक साधारणसभा भएको थियो । साधारणसभामा सञ्चालक समितिका सचिव उदयप्रकाश राई र कार्यक्रमका प्रमुख अतिथि मोहन मैनालीले संस्थाको विषयमा मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा कार्यकारी प्रमुख नरबहादुर ओलीले संस्थाका वित्तिय अवस्था, प्रगतीसहित त्यसका सुचाङ्कहरु प्रस्तुत गर्नुभएको थियो ।
मङलबारे सेवा केन्द्र मार्फत आर्थिक वर्ष २०७९।०८० मा ११ करोड ५० लाख ५३ हजार ४ सय ८५ रुपैयाको वासलातको प्रतिवेदन पेश गरेका थिए । कार्यकारी प्रमुख ओलीका अनुसार मङगलबारे सेवा केन्द्रले आर्थिक वर्षमा ३० लाख नाफा कमाएको समेत प्रतिवेदनमा उल्लोख गरेका थिए ।
मङ्गलबारे सहित केर्खा, पाँचगाछीस्थित जनता बजार, दमक र सुरुङ्गामा संस्थाको सेवा केन्द्रहरु सञ्चालनमा आएको छ ।
वार्षिक साधारणसभामा साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक उमादेबी रिजाल, सौजन्य साकोसका ब्यबस्थापक ओमकुमार अधिकारी वाडा सदस्य याम बहादुर राई, मङलबारे बजार ब्यबस्थापन समितिका अध्यक्ष राजु दर्नाल लगायतको सहभागिता रहेको थियो ।
आगामी शनिबार, २७ असोजमा सम्पन्न हुने १७औं वार्षिक साधारणसभाको भब्य समारोहबिच समापन हुने बताइएको छ ।
सो कार्यक्रमको स्वगत मन्तब्य सन्चालक समितिका सदस्य गणेश घिमिरेले भने सञ्चालन केर्खास्थित सेवा केन्द्रमा प्रमुख केशव आचार्यले गरेका थिए ।

