गोविन ल्वागुन/पाराबारी (धरमपुर), २६ असोज–झापाको धरमपुरस्थित पाराबारीमा जारी ‘प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप’मा विशेष आमन्त्रित पाहुना टिम उर्लाबारी भेट्रान क्लब (मोरङ) बिजयी भएको छ ।

आज भएको खेलमा कनकाइ भेट्रान क्लबलाई ० को विरुद्ध ३ गोलले पाखा लगाउदै उर्लाबारी (मोरङ) ले सेमि फाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हापको ४औ मिनेट्मा उर्लाबारीका जर्सी नम्बर ९ का दीपक लिम्बुलाई विपक्षीका डिफेन्सले लडाएपछि पाएको पेनाल्टी सुटलाइ सदुपयोग गर्दै दीपक लिम्बुले गोलको खाता खोल्न सफल खोलेका थिए ।

दुबै टिमबीच गोल लगाउने राम्रा–राम्रा अवसर पाएको भए पनि गोल भने हुन सकेन । तर, खेलको २४औ मिनेटमा उर्लाबारीका जर्सी नम्बर ९ का दिपक लिम्बुको पासलाइ सदुपयोग गर्दै जर्सी नम्बर १६ का टेकबहादुर कटुवालले गोल गर्दै गोलको अग्रता दोब्बर बनाए । र, पहिलो हाप २–० ले सकियो ।

त्यसपछि खेलको दोस्रो हापको २३ औ मिनेट्मा पुन उर्लाबारीका जर्सी नम्बर ९ का दिपक लिम्बुले गोल गरे र खेल ३–० ले उर्लाबारी बिजयी भयो । खेलको म्यन अफ द म्याच बिजयी टिमका दिपक लिम्बू घोषित हुँदै नगद पुरस्कारं प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत भोलि आयोजक निलो भर्सेस तुर्केनी भेट्रान क्लब मेचिनगर झापा बिच हुने आयोजकले जनाएको छ ।

असोज ३० गतेसम्म सन्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ भने उपाधी बिजेता टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र चित्त बुझाउने क्लबका अध्यक्ष मनकुमार लिम्बू (तारा) ले बताएका छ्न ।

पाराबारी भेट्रान क्लबको आयोजनामा भएको खेल शिबसताक्षी–३ पाराबारीस्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *