दमक, २८ असोज–झापाको दमकमा एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको शाखा कार्यालय आज (आइतबार) देखि औपचारिक रुपले सञ्चालनमा आएको छ ।

नेपालको २०औं शाखाको रूपमा आजदेखि एक्पर्ट एजुकेशनको शाखा सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बिच दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले एक्पर्टको दमक शाखाको उद्घाटन गर्नुभयो ।

अस्टेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले अस्टेलिया लगायत बिदेशमा अध्ययन गर्न चाहने बिध्यार्थी परामर्श र भिषाका लागि प्रक्रियामा सहजीकरण गर्दै आएको छ ।

माई-पश्चिमका बिध्यार्थीलाई सजह होस् भनेर शाखा सञ्चालनमा ल्याइएको संस्थाका नेपाल डाइरेक्टर ख्याम संग्रौलाले बताउनुभयो । विश्वभर २० वटा मुलुकमा शाखा रहेको एक्पर्टमा नेपालमा ८०० जना कर्मचारीले सेवा प्रदान गर्दै आएको छ ।

बिध्यार्थीलाई पहिलो दिनदेखि सेटलमेन्टसम्म सहजिकरण गर्ने गरिएको उनले बताए । हुनेलाई हुने नहुनेलाई नहुने भनेर बिध्यार्थीलाई प्रष्ट पारेर काउन्सिल गर्ने गरिएको उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भट्टराई, राप्रपा झापा अध्यक्ष केशव ओझा, दमक-५ का अध्यक्ष इन्द्रबहादुर गुरुङ, आस्था कलेजका प्रमुख टेकनाथ भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

एक्पर्टका सिइओ ख्याम संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत अभिचन्द्र प्रसाइले स्वागत गर्नुभएको थियो भने संचालक पत्रकार केशव भट्टराईले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *