दमकर, २८ असोज–झापाको दमकसहित काठमाणडौंको विभिन्न स्थानबाट संगम स्वीट्सले गुणस्तरीय सेवा मार्फत व्यवसायीक रुपमा विशेष परिचय र पहिचान बनाउदै आइरहेको छ ।

यसैबीच, दमकस्थित संगम स्वीट्सले शुभ विजया दशमी, दिपावली र छठको पावन अवसर पारेर आज (आइतबार) देखि ग्राहक तथा शुभेच्छुकहरुका लागि आईसक्रिम पार्लर एण्ड कफि सपको सेवा सुचारु गरेको छ ।

आज (आइतबार) विहान एक कार्यक्रमबीच दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई र सञ्चालक बिमल शर्माले संगम स्वीट्स आईसक्रिम पार्लर एण्ड कफी सपको उद्घाटन गरेका छन् ।

संगम स्वीट्सका सञ्चालक बिमल शर्माका अनुसार संगम स्वीट्सप्रती ग्राहक तथा शुभेच्छुकहरुको बढ्दो विश्वकास र सद्भावप्रती आत्मासाथ गर्दै आईसक्रिम पार्लरसहित कफी सपको सेवा सुचारु गरिएको हो ।

सञ्चालक शर्माले खासगरी सुद्ध शाकाहारी सम्बन्धी आईसक्रिमका सामाग्रीहरु उपलब्ध गराउदै आइरहेको र आजदेखि थप गरिएको आईसक्रिम पार्लरमा पनि शुद्ध शाकाहारीका जन्मदिन र वैवाहिक वर्ष गाठ लगायतका केकहरुसहित फ्रेस जुस र कफी उपलब्ध गराइने बताए ।

उद्घाटन कार्यक्रममा दमकका उद्योगी व्यवसायीहरु, सामाजिक अगुवाहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सञ्चालन दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले गरेका थिए ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *