गोविन ल्वागुन पाराबारी (धरमपुर), २८ असोज–झापाको धरमपुरस्थित पाराबारीमा जारी प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कपको फाइनलमा उर्लाबारी भेट्रान फाइनलमा प्रबेश गरेको छ ।
आज (आइतबार) सम्पन्न भएको पहिलो सेमीफाइनल खेलमा भद्रपुर भेट्रान फुटबल क्लबलाई १ को विरुद्ध २ गोलले पाखा लगाउदै उर्लाबारी भेट्रानले फाइनलको यात्रा तय गरेको हो । उर्लाबारी फाइनलमा पुगेसंगै कम्तिमा दोस्रो स्थान सुरक्षित गरेको छ ।
खेलको पहिलो हापको २२औ मिनेट्मा उर्लबारीका जर्सी नम्बर १६ का गंगा कार्कीले आकर्षक गोल गर्दै खता खोले । पुन २५ मिनेटमा उर्लाबारीका जर्सी नम्बर ९ का दिपक लिम्बुले गोल गर्दै गोल अन्तर दोब्बर बनाए ।
यता, भद्रपुरका जर्सी नम्बर ख्याम पोखरेलले दोस्रो हापको २५ औ मिनेटमा पेनाल्टी सुट हान्ने मौका पाए पनि उक्त सुट गोल किपरले सेब गरेका फर्काएको बललाई पुन पोखरेलले गोल गरि खोल २ । १ मा झारे पनि जितको लागी प्रयाप्त भएन अनि खेल उर्लाबारीले जित्यो ।
आजको खेलको म्यन अफ द म्याच बिजयी टिमका गोल किपर खगेन्द्र गौतम घोषित भए । उनले नगद पुरस्कारं प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत भोलि (सोमबार) दोस्रो सेमिफाइनल खेल बिर्तामोड भेट्रान भर्सेस तुर्केनी भेट्रान क्लब मेचीनगरबीच सम्पन्न हुने छ ।
असोज ३० गतेसम्म सन्चालन हुने प्रतियोगितामा ८टिमको सहभागिता रहेको छ । उपाधी बिजेता टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले नगद ३०हजार सहित ट्रफि मेडल र प्रमाणपत्र चित्त बुझाउने क्लबका अध्यक्ष मनकुमार लिम्बू (तारा फयाक) ले बताए ।
पाराबारी भेट्रान क्लबको आयोजनामा भएको खेल शिबसताक्षी–३ पाराबारीस्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको छ ।

