• दमक, २८ असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ ।

तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

दमक–८ सेतुमारी रोडस्थित रहेको संस्थाको शिक्षा तथा तालिम उपसमितिका संयोजक दिपेन बाला राईको अध्यक्षता तथा संस्थाका अध्यक्ष एलडी राईको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।

सो तालिममा प्रदेश सहकारी निमित्त रजिष्ट्रार हरीबहादुर खत्री, अधिकृतद्धय मनोज कार्की र अधिकृत मनोज भट्टराईले सहकारी, सहकारीका ऐन, कानुनका विषयमा सहजीकरण गरेका थिए ।

तालिममा सहभागिहरुलाई संस्थाका अध्यक्ष राईसहित प्रशिक्षकहरुले प्रमाणपत्र प्रदान गरेका व्यवस्थापक लिलाराज तुम्बापोले बताएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *