दमक, २९ असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज (सोमबार) २४औं स्थापना दिवस मनाएको छ । दमक–८ सेतुमारी रोडस्थित रहेको सहकारी संस्थाले कार्यालयमा एक कार्यक्रमबीच २४औं स्थापना दिवस मनाएको हो ।

संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समित र कर्मचारीहरुको उपस्थितिमा आयोजना गरिएको स्थापना दिवसमा केक काट्ना साथै पानसमा दीप प्रजज्वलन गरिएको छ । संस्थाका उपाध्यक्ष कृष्ण गोलेले सहकारी संस्था स्थापनाकालमा भएका यादगर क्षणहरुलाई व्यक्त गर्नुभएको यियो ।

सो अवसरमा संस्था स्थापनाकालका अग्रज व्याक्तित्वहरुको साथ र सहयोगले आज संस्थाले २४औ वर्ष पुरा गरेर २५औं वर्षमा आइपुग्न सफल भएको स्मरण गर्नुभयो ।

संस्थाका अध्यक्ष एलडी राईले स्थापना दिवसका अवसरमा केक काटेर विधिवत रजत वर्षको शुभारम्भ गरेका थिए । उनले संस्थालाई थप गतिशील बनाउन सवै शेयर सदस्यहरुको योगदान आवश्यक भएको औल्याए । उनले संस्थाले यसवर्षलाई विशेष रजत बर्षका रुपमा विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको बताए ।

कार्यक्रममा संस्थाकी सहसचिव फूलसरी राना, सदस्यहरु विष्णु सुब्बा, पारषमणि राई, राजेन्द्र लिम्बू, हरिमाया लिम्बू, लेखा समितिका संयोजक सुरेन्द्र निङलेखु, सदस्य यमुना भटटराईसहित कर्मचारीहरु र शेयर सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रमलाई संस्थाका व्यवस्थापक लीलाराज तुम्बापोले सहजिकरण गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *