पाराबारी (धरमपुर), २९ असोज–झापाको धरमपुरको पाराबारीमा जारी ‘प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप’को फाइनलमा उर्लाबारी भर्सेस बिर्तामोडबीच भिडन्त हुने भएको छ ।
खेलमा तुर्केनी भेट्रान क्लब मेचीनगरलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै बिर्तामोड्ले फाइनलको यात्रा तय गरेको हो ।
फाइनल खेल भोलि (मंगलबार) हुने आयोजकले जनाएको छ ।
आजको खेल पहिलो हापसम्म दुबै टिम गोल रहित बराबर खेलेका थिए । दुबै टिम आक्रमक रुपमा खेले पनि गोल लगाउन भने सकेनन ।
बिर्तामोड्ले दोस्रो हापको १०औ मिनेटमा जर्सी नम्बर ७ सन्तोष राईको गोल मार्फत अग्रता लिन सफल भयो राईले डिबक्स बाहिरबाट हानेको फ्री किक गोलमा परिणत हुन पुग्यो ।
त्यसैगरी, ४५औ मिनेटमा तुर्केनिका खेलाडीलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई जर्सी नम्बए ७ अङ्गुर खड्काले गोल गरे । खेल बराबरीमा फर्काए । तर, तुर्केनीको खुशी धेरै बेर टिक्न सकेन बिर्तामोडका जर्सी नम्बर १७ का श्याम राईले ४६औ मिनेटमा गोल गर्दै गोलको अग्रता दोब्बर बनाए ।
त्यसैगरि, ५२औ मिनेटमा बिर्तामोड्का जर्सी नम्बर ११ का गणेश सुब्बले टिमको लागि तेस्रो गोल गरे । यता, तुर्केनिले इन्जुरी समयमा पुन पेनाल्टी पायो र अङ्गुर खड्काले गोल गरदै खेल २ गोल बनौन सफल भयो । तर, निर्धारित समय सकियो खेल बिर्तामोडले जित्दै कम्तीमा दोस्रो पुरस्कार सुरक्षीत गर्यो ।
दुबैतर्फ पुर्व ए डिभिजन कल्बबाट खेल्ने पुराना चर्चित खेलाडीहरु मैदान उत्रीएका थिए ।
आजको खेलको म्यन अफ द म्याच बिजयी टिमका जर्सी नम्बर १७ का स्याम राई घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि उद्योगी व्यवसायी तथा दुधे युथ क्लबका अध्यक्ष सन्तोष थोप्रा र आयोजक पाराबारी भेट्रान क्लबका अध्यक्ष तारा फयाक (मनकुमार लिम्बू) ले नगद पुरस्कारं वितरण गरेका थिए ।
भोलि (मंगलबार) सम्पन्न हुने फाइनल खेलका बिजेतले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि मेडल र प्रमाणपत्र चित्त बुझाउने क्लबका अध्यक्ष मनकुमार लिम्बू (तारा फयाक) ले बताएका छ्न ।
पाराबारी भेट्रान क्लबको आयोजनामा भएको खेल अपरहान्न ३ बजे सुरु हुने आयोजकले जनएको छ ।

