दमक ,२९ असोज–निष्कर्ष न्यूज साप्ताहिकले दशै तिहार विशेषांक म्यागजिन वजारमा ल्याएको छ । विशेषांक म्यागजिनको आज (सोमबार) एक कार्यक्रमकाबीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले लोकापर्ण गर्नुभएको छ ।
दमकबाट साप्ताहिक रुपमा प्रकाशित हुँदै आइरहेको निष्कर्षले दशैं तिहार विशेषांक म्यागजिन प्रकाशनमा ल्याएको छ । सो क्रममा म्यागजिनको लोकापर्ण गर्नुहुँदै नगर प्रमुख थापाले दमक नगरको विकासमा आम सञ्चार माध्यमहरुवीच सहकार्य आवश्यक भएको औल्याएका थिए । दमकका सवै सञ्चार माध्यमहरुको विकासमा स्थानीय सरकारले सहयोग पुरयाँउने उनको प्रतिवद्धता थियो ।
पत्रिकाका सम्पादक विष्णु पौडेलले यस विशेषांक दमककै गहना भएको बताएका थिए । पत्रकार बिष्णु सुब्बासहित विष्णु पौडेलको सम्पादनमा प्रकाशित बिशेषांक ६४ पृष्ठ छ ।
बिशेषांक लोकापर्ण समारोहमा दमक २ का अध्यक्ष प्रजापति सापकोटा, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भटटराई, दमक युथ क्लवका अध्यक्ष पारषमणि आचार्य, व्यवसायी सञ्जित रौनियर ,पत्रकार श्याम लम्साल लगायतको उपस्थिति रहेको थियो ।
