पाराबारी (धरमपुर), ३० असोज–झापाको शिबसताक्षी–३ (साविकः धरमपुर) को पाराबारीस्थित डुडामारी खोलाको बगरमा सञ्चालन भएको पाराबारी भेट्रान कपको उपाधि बिर्तामोड भेट्रान क्लबले उचालेको छ ।

बिर्तामोड भेट्रान क्लबले पाहुना टोली उर्लाबारी भेट्रान क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले हराउँदै प्रथम नगर स्तरीय पाराबारी भेट्रान कपको उपाधि हात पारेको हो ।

खेलको २९ मिनेटमा उर्लाबारीको तर्फबाट जर्सी नं ११ का धनबहादुर मगरले पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । अत्यत्न प्रतिश्पर्धामक रहेको खेलको ३२औं मिनेटमा विर्तामोडका तर्फबाट जर्सी नं। ७ का सन्तोष राईले गोल गर्न सफल भएपछि खेल बराबरीमा रहयो ।

निर्धारित समयमा दुबै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ४–२ गोल अन्तरले विर्तामोडले उपाधि हात पार्न सफल भयो ।

विजेता टिमले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरे । यता, उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरे ।

मेन अफ दी टुर्नामेन्ट बिर्तामोडका केशव दाहाल, मेन अफ दी म्याचन सन्तोष राई, उत्कृष्ट गोल किप्पर रुपक गुरुङ्ग घोषित भए । सर्वाधिक गोलकर्ता उर्लाबारीका दिपक लिम्बु घोषित भए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *