दमक, ३० असोज–दमक युथ क्लवले दुई सञ्चारकर्मीसहित दमकको विभिन्न क्षेत्रमा योगदान पुरयाँउने ८ जनालाई सम्मान गर्ने भएको छ ।

वडादशैका अवसरमा बर्सेनी सम्मानसहित दुर्गा पूजा विशेष कार्यक्रम गरिआएको क्लवले यसवर्ष पनि पत्रकारद्धय गिरीराज भटटराई, अनिलदेव राईसहित क्लवका संस्थापक अध्यक्ष पवन अग्रवाललगायतलाई सम्मान गर्ने निर्णय भएको क्लवका अध्यक्ष पारषमणि आचार्यले जानकारी दिए ।

दमक-७ राधाकृष्ण मन्दिर नजिकैको दुर्गापूजा परिसरस्थलमा सम्मान प्रदान गरिने अध्यक्ष आचार्यले जनाए । यो दुर्गापूजा २३ औं संस्करण हो ।

फूलपातीका दिन क्लवले दुर्गापूजा अन्तर्गत दुर्गा भगवानको मूर्ति अनावरण,सलामीसहित फूलपात्री भित्रयाउने कार्यक्रम रहेको क्लवका सचिव सञ्जित रौनियरले जनाए ।

यसरी सम्मानित हुनेमा पत्रकारसंगै क्लवका संस्थापक अध्यक्ष, पूर्व खेलाडी केशर वहादुर मगर, खेलाडीहरु विशाल पौडेल, रोशन मगर र श्याम बाँस्कोटा रहेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *