झिलझिले–झापाको झिलझिलेस्थित सम्झाना चौकमा ११ असोजदेखि २० गतेसम्म आयोजना गरिएको प्रथम बोका जुनियर फुटबल टुनामेन्टको आय–व्यय सार्वजनिक गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित संम्झाना चोकमा स्थापना भएको बोका जुनियर फुटबल क्लबद्धारा आयोजित प्रथम बोका जुनियर कपको आय–व्यय सार्वजनिक गरिएको हो ।

झिलझिलेस्थित युङ्गी क्याफे एण्ड रेष्टुरेन्टमा क्लबले पत्रकार सम्मेलन गरी आम्दानी र खर्चका विबरणहरु प्रस्तुत गरिएको बोका जुनियर फुटबल क्लबले जनाएको छ । जस अनुसार फुटबल खेलबाट १ लाख ७ हजार ४४ रुपैया बचत भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

शिबसताक्षी नगरपालिकाले मुख्य प्रायोजक गरेको र सो वापत रु ४० हजार, झिलझिलेस्थित ८ नम्बर वडा कार्यालय, खेलकुद विकास समितिबाट रु ३० हजार, किराँत याक्थुम चुम्लुङ इजरायत (प्रवास) बाट रु ४० हजार, पूर्व फुटबलर तथा समाजसेवी मनोज लावोतीबाट रु २५ हजार, सम्झाना चौक र स्थानीय गाउँ टोलवासी हाल बैदेशिक रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा रहेका खेलप्रेमीहरुबाट एक मुष्ठ रु १ लाख ५५ हजार, यहाँका स्थानीय संघसंस्था, उद्यमी, व्यवसायी, खेलकुद प्रेमीहरुबाट एक मुष्ठ रु १ लाख ३५ हजार नगद प्राप्त भएको छ ।

त्यसैगरी, खेल सम्पन्न गर्न दुधेस्थित एनी स्पोर्टसबाट १६ थान जर्सी र झिलझिलेस्थित मेची कलर हाउसबाट १६ थान जर्सी सहयोग जुटेको तियोगिता सञ्चालन समितिका संयोजक सुवास मेन्याङ्बोले जनाउनुभएको छ ।

यता, खेल सम्पन्न गर्न प्रथम पुरस्कारबापत रु २५ हजार, दोस्रो पुरस्कार वापत रु १५ हजार, ट्रफी, मेडल र शिल्ड खरिद बापत रु ५० हजार, प्रमाणपत्र र ब्यानर छपाई वापत रु ९० हजार, खेलमैदान मर्मत तथा व्यवस्थापन वापत रु ८५ हजार, प्रचारप्रसार लगायत दुई पटक पत्रकार सम्मेलन बापत रु २३ हजार, रेफ्रि सहित अफिसियल वापत रु १ लाख १५ हजार, गोल नेपाल डटकमले प्रत्यक्ष प्रसारण वापत रु ३५ हजार र साउण्ड सिस्टम वापत २० हजार खर्च भएको छ ।

सो पत्रकार सम्मेलनमा फुटबल आयोजक क्लबका अध्यक्ष सुनिल वोखिम, उपाध्यक्ष उज्वल ईजम, प्रतियोगिता सञ्चालन समितिका संयोजक सुवास मेन्याङ्बो, शिबसताक्षी ८ का वार्ड अध्यक्ष सन्त फेउवादिन लिम्बू, सल्लाहकार तथा युवा व्यवसायी हरिसंकर सिलवाल लगायतको उपस्थिति थियो ।

प्रतियोगितामा झापा, इलाम र मोरङका समेत गरी १६ वटा टिमको सहभागिता थियो । जसमध्ये आयोजक बोका जुनियर फुटबल क्लबको तर्फबाट रातो र निलो गरी १६ टिमले सहभागिता जनाएका हुन ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *