शिबगञ्ज, १ कार्तिक–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले कराँते खेलाडीहरुलाई आज (बुधबार) कराँते खेल सम्बन्धीका आधारभुत सामाग्रीहरु बितरण गरेको छ ।
वडा कार्यालयमा आज विहान एक कार्यक्रमको आयोजना गरेर वितरण गरिएको सामाग्रीहरुमा कराँते म्याट १० थान, सिन गार्ड (खुट्टामा लगाउने) ४ जोडी, ग्लोबस् ४ जोडी, फोक्सिङ प्यार्ड २ थान, हेलमेट २ थान, चेष्ट गार्ड २ जोडी छन् ।
वडा खेलकुद विकास समितिका सदस्य बिक्रम अधिकारी र कराँते खेलका वरिष्ठ प्रशिक्षक दुर्गा उप्रेतीसहित खेलाडीहरुको उपस्थितिमा वडा अध्यक्ष मनोज खुलाल कार्कीले सामाग्री वितरण गर्नुभएको हो । सामाग्री बितरण कार्यक्रमको सहजिकरण वडा सचिव बिमल बास्कोटाले गर्नुभएको थियो ।
सामाग्रीहरु बितरणपछि खेलाडीहरु र प्रशिक्षकलाई वडा अध्यक्ष कार्कीले खेलकुद स्वास्थ्य जीवनको लागि मात्रै नभएर समाज र राष्ट्रको लागि पनि भएको बताउनुभयो । वहाँले नेपालमा खेलकुद क्षेत्रमा ठूलो लगानी भएपनि त्यो पर्याप्त नभएको र त्यसलाई थप बृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष कार्कीले कराँते खेलको विकास, खेलाडीहरुको सीप र क्षमता निर्माणमा सहज बनाउन खेलकुद सामाग्रीहरु बितरण गरिएको बताउनुभयो ।
यता, खेलकुद सामाग्रीहरु पाएपछि स्थानीय कराँते खेलाडीहरु उत्साहित छन् । उनीहरुले ६ नम्बर वडा कार्यालय र वडा अध्यक्ष कार्कीप्रती आभार सहित धन्यवाद व्यक्त गरेका छन् ।
लामो समयदेखि कराँते खेल क्षेत्रमा सक्रिय र पछिल्लो समय प्रशिक्षण कार्यमा अनुभव प्राप्त दुर्गा उप्रेतीले नगरको सवै वडा कार्यालयहरुले मनोज खुलालको काम र योगदानलाई सिको गर्न सुझाए ।

