दमक, २ कार्तिक–दमक बहुमुखी क्याम्पस सञ्चालक समितिलाई पूर्णता दिईएको छ । क्याम्पस सञ्चालक समितिको बुधबार वसेकोे वैठकले क्याम्पस विधान अनुसार छ जनालाई सञ्चालक समिति सदस्यमा मनोनयन गर्नुका साथै १३ सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको क्याम्पस प्रमुख यज्ञराज गिरीले जानकारी दिए ।
सञ्चालक समितिको सदस्यमा मनोनित हुनेहरुमा पूर्व सांसद महेन्द्रकुमारी सुव्वा, हरि नेपाल, वासुदेव भट्टराई, धिरेन लावती, गेहनाथ पोख्रेल र हेम सुवेदी रहेका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुण्डीराज भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले सलाहकार समिति गठन गरिएको छ । सो समितिको संयोजकमा इन्द्रबहादुर वुढाथोकी रहनुभएको छ ।
सो समितिको सदस्यहरुमा पदम जवेगु सहसंयोजक र विक्रम अधिकारी, यमबहादुर लोरिङदेन, पर्शुराम रिजाल, रोशन विष्ट, भेषराज भट्टराई, विजय वराल, गिता अधिकारी, शान्तिराम सुव्वा, दुर्गा चम्लागाई, हरि लामा, इन्द्रमान चाम्लिङ राई र लोमनाथ भण्डारी छन् ।
