धरमपुर, २ कार्तिक–शिबसताक्षी–२ मंगलबारे बजार ब्यबस्थापन समितिको आयोजनामा ३ दिवसीय उर्जाध्यान शिबिर सम्पन्न भएको छ । असोज ३० गतेबाट सुरु भएको उर्जाध्यान शिबिरको आज (विहिबार) समापन भएको हो ।

मंगलबारे बजार तथा २ नम्बर वडाबासीहरुलाई लक्षित गरि आयोजना गरिएको शिबिरमा १ सय बढीको उपस्थित हुने गरेको बजार ब्यबस्थापन समितिका अध्यक्ष राजु दर्नालले बताए ।

बजार ब्यबस्थापन समितिका अध्यक्ष राजु दर्नालका अनुसार ध्यान शिबिरले बजारबासीहरुमा भएको मनसिक तनाबलाई न्यूनीकरण गर्नका साथै शरीरलाई स्वस्थ्य राख्न समेत मद्दत पुगेको बतए ।

३ दिनसम्म बिहान ४ बजेदेखि ५ः३० बजेसम्म सन्चालन भएको शिबिरको सहजीकरण जीवन बिज्ञानका रमेश गुरुदेब र भानु गुरुदेबले सहजिकरण गरेका थिए ।

शिबिरको समापनसंगै बजार व्यवस्थापन समितिले सहभागि अतिथीहरुबीचमा बिजय दशमी तथा दिपावलीको शुभकामना आदान-प्रदान गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *