दमक, ३ कार्तिक–नेपाली काँग्रेस वडा समिति दमक–५ वडाले वडादशै, दिपावली, छैठ तथा नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

दमक–५ स्थित कांग्रेस दमक नगर समितिको कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी आवद्ध नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उजीहरुले नेपालीका दशैतिहार लगायतका महान चाडपर्वहरु सांस्कृतिक संरक्षण, एकताका लागि उपयोगी बनाउनु पर्ने जोड दिए ।

वडा सभापति चैतन्य बरालको अध्यक्षता शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो । सो कार्यक्रममा क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, दमक नगरपालिकाकी उप प्रमुख तथा कोशी प्रदेश सदस्य रेगिना भट्टराई प्रसाई, प्रदेश (ख) सभापति रवि केसी, उपसभापति सुरेन्द्र कटुवाल, नगर सभापति प्रकाश प्रसाई तथा जिल्ला सदस्य पर्शुराम रिजालले पार्टीको वर्तमान गतिविधिका विषयमा चर्चा गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *