झिलझिले, ३ कार्तिक–झापाको शिवसताक्षीमा जारी प्रथम वडाध्यक्ष भलिबल कपको उपाधि आयोजक झापाका वडा नं ७ ले हात पारेको छ । आज भएको फाइनल खेलमा वडा नं ११ लाई हराउँदै वडा नं ७ ले उपाधि हात पारेको हो ।
उपाधि उचालेसँगै वडा नं। ७ ले नगद रु २० हजार र उपविजेता बनेको वडा नं। ११ले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै, प्रतियोगितामा शिवसताक्षी नरपालिकाका कर्मचारीहरुको टिमलाई हराउँदै तेस्रो स्थान हासिल गर्ने शिवसताक्षी १ ले नगद ५ हजार प्राप्त गरेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी वडा नं। ११ का रमेश राई घाषित भए । उनले नगद २५ सय सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक कमल दर्नालले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट सेटरमा विजेता टिमका नितेष बस्नेत, उत्कृष्ट बलकरमा प्रज्ज्वल लुइटेल, उत्कृष्ट लिब्रो जितेन्द्र श्रेष्ठ, उत्कृष्ट स्पाइकरमा मिलन कार्की घोषित भएका छन् । उनीहरुलाई जनही १ हजार प्रदान गरेको वडा नं ७ ले जनाएको छ।
प्रतियोगिताको समापन कार्यक्रममा शिवसताक्षी-११ का खेलाडी रमेश खड्कालाई उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले आर्थिक सहयोग प्रदान गरेका छन्
प्रतियोगिताको समापनमा स्थानीय भलिबल खेलाडी सुजन रिजाललाई सम्मान गरिएको छ । सुजन हाल वैदेशिक रोजगारीमा क्रममा देश बाहिर छन् । उनले नेपालमा रहँदा भलिबल खेलमा नयाँ खेलाडीहरु उत्पादनका निम्ति देखाउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
सम्मान पत्र सुजनका बुबा रेवतीप्रसाद रिजाललाई नगर उपप्रमुख नरमाया कार्की, वडा नं ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले प्रदान गरेका थिए ।
प्रतियोगिता शिवताक्षी वडा नं ७ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको थियो । कार्यक्रम वडा नं ७ का वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गको अध्यक्षतामा भएको थियो ।
