दमक, ४ कार्तिक–नेपाली सांगीतिक क्षेत्रमा खासगरी पूर्वको विभिन्न जिल्ला र सहरहरुमा आयोजना हुने कार्यक्रमहरु मार्फत चीरपरिचित युवा गायक नन्दु गुरुङले दशैं-तिहारको अवसर पारेर ‘यो मिठो माया…..’ नयाँ म्यूजिक भिडियो बजारमा ल्याउनुभएको छ ।
गीतकार रामप्रसाद गुरुङको शब्द र संगीतकार देब गुरुङले संगीत सृजना गर्नुभएको ‘यो मिठो माया……’ गीतलाई गायक नन्दुले स्वर (आवाज) दिनुभएको छ । उक्त गीतको भिडियोमा नायक धिरेन शाक्य र नायिका अमिका क्षेत्रीले फिचरिङ गरेका छन् ।
बेलायतमा छायाँङ्कन गरिएको भिडियोमा प्रभु गुरुङले निर्देशन गर्नुभएको छ । म्युजिक भिडियोहरुको निर्देशन र निर्माणमा अनुभव बटुलिसक्नुभएका निर्देशक गुरुङले ‘यो मिठो माया’ लाई बेलायतको विभिन्न रमर्णिय स्थानहरुमा छायाँकन गर्नुभएको छ ।
गायक नन्दुले तीन दर्जन बढी गीतहरुलाई भिडियो मार्फत नेपाली दर्शक तथा श्रोताहरुबीचमा ल्याइसक्नुभएको छ ।
आफ्ना प्रिय दर्शक, श्रोता र आमसंगीत पारखी शुभेच्छुकहरुका लागि दशैं र तिहारमा कोशेलीको रुपमा ल्याएको भिडियोलाई मन पराइदिनु हुने गायक गुरुङ आशाबादी छन् ।
दशै र तिहारको रमाइलो उत्सवमा घरपरिवारसंग या आफन्तहरुबीच टीका लगाउँदै ‘यो मिठो माया….’ भिडियो हेर्न समेत गायक नन्दुले आग्रह गर्नुभएको छ । उक्त गीतलाई अशोक थापाले एरेन्ज गर्नुभएको छ ।

