दमक, ४ कार्तिक–झापाको दमकमा दुई दशक अघिदेखि सामाजिक सेवा गर्ने उदेश्यले स्थापना भएको दमक युथ क्लवले वडा दशैंको आज फुलपातीमा नवदुर्गा भवानीको पुजापाठ गर्नुका साथै मुर्ति अनावरण गरेको छ ।
दमक–७ राधाकृष्ण मन्दिर नजिकै दुर्गा पुजा समारोहमा नवदुर्गा भवानीको पुजापाठसहित मुर्ति अनावरण गरिएको हो । सो अवसरमा दमकमा क्रियाशिल दुई सञ्चारकर्मीसहित, खेलकुद, समाजसेवामा विशेष योगदान पुर्याँउने ८ जनालाई सम्मान गरेको छ ।
वडादशैका अवसरमा बर्सेनी सम्मानसहित दुर्गा पूजा विशेष कार्यक्रम गर्दैआएको क्लवले यसवर्ष पनि पत्रकारद्धय गिरीराज भटटराई र अनिलदेव राईसहित क्लवका संस्थापक अध्यक्ष पवन अग्रवाल, पूर्वखेलाडी केशर वहादुर मगर, खेलाडीहरु विशाल पौडेल, रोशन मगर, धनबहादुर लकान्द्री र श्याम बाँस्कोटालाई सम्मान गरिएको क्लवका अध्यक्ष पारषमणि आचार्यले जानकारी दिनुभयो ।
दुर्गापूजा स्थलमा नवदुर्गा भवानी माताको मुर्ति अनावरण र फुलपाती भित्र्याउने कार्यक्रममा पाँचजना सामाजिक अगुवालाई सम्मान गरिएको उहाँले बताउनु भयो । क्लबले बिगत २३ बर्षदेखी सञ्चालन गर्दै आएको दुर्गा पुजालाई यस बर्ष पनि निरन्तरता दिएको हो ।

फूलपातीको अवसरमा दुर्गा माताको मूर्ति अनावरण गर्दा ईलाका प्रहरी कार्यालय दमकका प्रहरीबाट देवी दुर्गालाई सलामीसहित फूलपात्री भित्र्याईएको क्लवका सचिव सञ्जित रौनियारले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख राम थापाले मुर्तिको अनावरण गर्नुका साथै सम्मानितहुनेहरुलाई सम्मान वितरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापासहित उद्योग बाणीज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईं, दमकका सामाजिक अगुवाहरु अजय अग्रवाल, रवी (केसी) न्यौपाने, टिकाराज सापकोटा, शुष्मा निरौला, राजु खड्का, राजकुमार योङया, दमक प्रहरीका प्रमुख मनोज लामा लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन दमक–७ का वडा सदस्य समेत रहनुभएका व्रिद्यार्थी नेता अतित बान्तावा राईले गर्नुभएको थियो ।
