दमक, ४ कार्तिक–दमक जेसीजले वडा दशैंको अवसर पारेर आज (शनिबार) दमकमा सप्तमी साँझ कार्यक्रम सम्पन्न गरेको छ ।

दमक जेसिजले हरेक बर्ष बडादशैंको सप्तमीका दिन मनाईंदै आएको सप्तमी साँझ यस बर्ष पनि निरन्तरता दिईएको हो । जेसीजका पूर्व अध्यक्षहरु र पुराना तथा नयाँ जेसिजहरुको उल्लासमय उपस्थितिमा सप्तमी साँझ सम्पन्न भएको हो ।

कार्यक्रमकमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी, उद्योग बाणीज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईं, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं, एमाले नगर उपाध्यक्ष दिपेश दाहाल, राप्रपा नगर अध्यक्ष हेम सुवेदीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

दमक जेसिजका अध्यक्ष मुकेश अग्रवालको अध्यक्षतमा भएको कार्यक्रम भएको थियो । सो अवसरमा स्थानीय नृत्यकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तैं, कार्यक्रममा महासचिब रामचन्द्र अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *