रौतहट, ५ कार्तिक–रौतहटमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका वडा -५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया देवी कुमारको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

शनिबार दिउँसो घाँस काट्न चाँदी खोला पारी रहेको वृन्दावन साझेदारी वनमा गएकी मनीयाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी दामोदर केसीले थाहा खबरलाई जानकारी दिए।

घटना शनिबार साझाकै भए पनि मृतकको मनीयाको शव आइतबार बिहान फेला परेको उनले बताए। मृतक मनीया सँगै गएका अन्य दुईजना समेत हात्तीको आक्रमणबाट घाइते भएका छन्।

घाइते हुनेहरुमा राजपैडा घर भएकी ५४ वर्षीय अघनिया देवी र ६५ वर्षीय पनाबती कुमारी चौधरी रहेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *