झिलझिझिले, ५ कार्तिक–नेपाल सितोरियो कराते संघ शिबसताक्षी नगर समिति अन्तर्गत झिलझिले कराते डोजोले दशैं–तिहार फेस्टिबल कराते प्रतियोगिता, कराते खेलाडीहरुलाई पदक वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
झिलझिलेमा आयोजना गरिएको सो कार्यक्रममा शिबसताक्षी नगरको विभिन्न क्षेत्रहरुमा सञ्चालन भइरहेको कराते डोजोका नयाँ तथा पुराना खेलाडीहरु, प्रशिक्षक र अभिभावकहरुको उपस्थिति थियो ।
झिलझिले कराते डोजोका मुख्य प्रशिक्षक दुर्गा उप्रेतीका अनुसार दशै–तिहार फेस्टिबल कराते प्रतियोगितामा खेलाडीहरुले काता प्रदर्शन गर्नुका साथै टीम फाइट समेत गरेका थिए । कातातर्फ महिला खेलाडीहरुमा सञ्जु लिम्बू र पुरुषहरुमा इन्सन तामाङले प्रथम स्थान हासिल गर्दै पदक प्राप्त गरेका थिए ।

त्यसैगरी, शिबसताक्षी नगरपालिकाको विभिन्न वडाहरुमा सञ्चालन भइरहेको डोजोका खेलाडीहरु अन्तर्गत युरोप राई, सञ्जु लिम्बू र इत्यासी लावोतीलाई नगरभरीका उत्कृष्ट खेलाडीको रुपमा ट्रफिसहित अविर लगाएर कार्यक्रममा सम्मान गरिएको थियो ।
यता, झिलझिले डोजोबाट ब्लाक बेल्ट प्राप्त गर्नेहरु राकेश दाहाल, कृपा चापागाई, जोनिस खरेल, विशाल राई, लीना मगर, प्रकृती ओली छन् ।
लालझोडा डोजोबाट ब्लाक बेल्ट प्राप्त गर्ने खेलाडीहरु करुणा खत्री, किस्मत नेम्बाङ छन् ।
शिबगञ्ज डोजोबाट ब्लाक बेल्ट प्राप्त गर्ने खेलाडीहरु दिक्षीत ताजपुरिया, छत्र श्रेष्ठ र अनुपा तामाङ छन् ।

त्यस्तैं, सोही अवसरमा झिलझिले कराते डोजोको शाखा डोजोहरु शिबगञ्जका प्रशिक्षक विक्रम अधिकारी र लालझोडा डोजोका प्रशिक्षक करुणा खत्रीलाई झिलझिले कराते डोजोका प्रशिक्षक दुर्गा उप्रेतीले सम्मान गर्नुभएको थियो ।
नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख कार्की र आयोजक संस्था झिलझिले कराते डोजोका संस्थापक एबम् वरिष्ठ प्रशिक्षक दुर्गा उप्रेतीले ट्रफि र मेडल वितरण गर्नुभएको थियो ।
कार्यक्रममा शिबसताक्षी–११ का वार्ड अध्यक्ष बहादुर आङ्बो, शिबसताक्षी ८ का वार्ड अध्यक्ष सन्त फेउदिन, शिबसताक्षी ६ का वार्ड अध्यक्ष मनोज कार्की, वरिष्ठ प्रशिक्षक जघन दुर्वासा कार्की लगायतको उपस्थिति थियो ।

