दमक, ६ मंसिर–जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका वृद्धको मृत्यु भएको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो। मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो।

शिविरको सेक्टर नं २ को हट नम्बर २५२ मा तामाङको बसोबास थियो। उनी दिउँसो दाउरा खोज्न जंगल गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले जानकारी दिए।

यसैगरी, मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जङ्गली हात्तीले भत्काएको छ। स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी ४०० किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *