झापा, ६ मंसिर–सर्लाहीको हरिपुर नगरपालिकामा स्कुल बसको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गएको छ।

हरिपुर–८ जुटपानीमा मंगलबार साँझ जेआईसी स्कुलको ना २ क ११० नम्बरको बसले ठक्कर दिँदा स्थानीय वीरेन्द्र पासवानका ६ वर्षीय छोरा आदित्यको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका अस्पताल लैजाने क्रममै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आदित्य लालबन्दी–१ नबलपुरस्थित सोही जेआईसी बोर्डिङ स्कुलमा एलकेजीमा पढ्थे। स्कुलबाट घर फर्किएका आदित्यलाई आफू चढेर आएको आफ्नै स्कुलको बसले ठक्कर दिँदा ज्यान गएको हो।

बसका चालकलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *