काठमाडौं, ६ मंसिर–क्रोएसिया युरोकप–२०२४ का लागि छनोट भएको छ । गएराति अर्मेनियालाई एक गोलले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो।

क्रोएसियाका एनटे बुडिमिरले ४३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। समूह ‘डी’मा रहेको क्रोएसिया अर्मेनियालाई पराजित गरी १६ अंकसहित समूहको उपविजेता बन्दै युरोमा छनोट भएको हो।

उक्त समूहबाट १७ अंकसहित टर्किए पनि युरोकपमा छनोट भएको छ। टर्किएले गएराति नै भएको खेलमा वेल्ससँग बराबरी खेल्दै अंक बाँढेको थियो।

समूहको तेस्रो स्थानमा रहेको वेल्सले अब छनोटका लागि प्लेअफको सहारा लिनुपर्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *