चितवन, ६ मंसिर–चितवन भरतपुरको मिलनचोकस्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएको छ।
हात खुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला परेको हो। दुवै शव छुट्टाछुट्टै बोराभित्र भेटिएको हो।
आज दिउँसो करिब १ बजे उक्त शव फेला परेको प्रहरीले जनाएको छ। चितवन प्रहरीका डीएसपी विजयराज पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सीमा क्षेत्रमा उक्त शव भेटिएको हो।
मुख्य राजमार्गको सानो पुलमुनी फेला परेको शव अधबैंसे उमेरका रहेको अनुमान गरिएको छ । अनुहारमा घाउचोटसमेत देखिएकाले चिनिने अबस्था नभएको प्रत्यक्षदर्शीले बताएका छन्।
