जङ्गली हात्ती

झापा, १५ मंसिर–झापाको हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान ९ बजे हल्दिबारी–३ स्थित रणकालि सामुदायिक वनमा चौकीदारको मृत्यु भएको हो ।

यसरी मृत्यू हुनेमा सोही स्थानका चन्द्रबहादुर वनको छोरा ४० वर्षीय को धनबहादुर बन सोही सामुदायिक वनमा रेखदेखका लागि गएकोमा जंगलबाट आएको एक ओटा जंगली हात्तीले लछार पछार पारी किल्ची मारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जनाको जानकारी पाएपछि प्रहरी चौकी जलथलले घटना स्थाल सुरक्षित राखेको र अनुसन्धान तथा कानुनी प्रकृयाको लागि वडा प्रहरी कार्यालय भद्रपुर र जिप्रका झापाबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *