काठमाडौँ, १६ मंसिर–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताहरूलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन्। अबको नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने महासचिव भुसालको तर्क थियो।

शनिवार काठमाडौँमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरविरोध’ विषयक विचार गोष्ठीमा बोल्दै उनले मुलुकको राजनीति नेताहरूले बिगारेको भए पनि नयाँ पुस्ताले उनीहरूलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने पटकपटक दोहोर्‍याए।

महासचिव भुसालले मार्क्सवादको झण्डा नेताहरूले पपुलिष्टलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि मार्क्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताए।

उनले भने, ‘अहिले राजनीतिको हावा चल्नुका केही खास कारण छन्। राजनीति हामीले नै बिगार्‍यौँ। यो क्रान्तिको झण्डा पपुलिष्टलाई लगेर बुझाएको हामीले नै हो। हाम्रो जिन्दगी नेतालाई गाली गरेर जाने भयो। त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ।’

महासचिव भुसालले मुलुकमा सामन्तवाद नभए पनि कम्युनिष्ट नेताहरूले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्ने दोहोर्‍याए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *