झिलझिले, १७ मंसिर–पूर्वकै प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमले आज (आइतबार) आफ्नो जन्मदिन मनाउदैछन् । १७ मंसिर, आइतबार विहानै सताक्षीधाम पुगेका बोखिमले साधु, सन्त र महन्तहरुसंग भेटघाट गरी आर्शिवाद लिएका छन् भने त्यहाँ आश्रित एक दर्जन बढी साधुहरुलाई खाद्यान्य सामाग्रीहरु वितरण गर्नुका साथै उनीहरुलाई फलफूल र मिठाई खुवाएका छन् । उनले, त्यहाँका एक दर्जन साधुसन्तहरुलाई चामल, चिउरा, भुजा, दाल, चिनी, नुन, तेल, चिया रङ लगायत फलफूल वितरण गरेका छन् ।
तत्कालिन शिबगञ्ज, हालः शिबसताक्षी–७ मा जन्मिएका तुलाराम बोखिमले झिलझिलेस्थित बुद्धचौकमा युङ्गी क्याफे एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् । उनी नेपाली काँग्रेस शिबसताक्षी नगरका लोकप्रिय र स्थापित युवा नेता हुन् । कांग्रेक भातृ संगठन तरुण दलको नगर सभापति हुदैं झापा निर्वाचन क्षेत्र नं ४ को सभापति, जिल्ला र केन्द्रीय जिम्मेवारी पुरा गर्दै हाल, बोखिम शिबसताक्षीमा कांग्रेस नगर समितिमा सक्रिय छन् ।
हालै, सम्पन्न सताक्षाीधाम पर्यटयीक विकास संस्थाको साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित बोखिमले आफ्नो जन्मदिनमा हुने फुजुल खर्चलाई बचाएर साधुसन्त र महन्तहरुलाई खाद्यान्य सामाग्रीहरु वितरण गरेको बताए ।
छोरीसहित आइतबार बिहानै सताक्षीधाम पुगेका बोखिमले जन्मदिनको अवसरमा त्यहाँका मुख्य महन्त मार्फत पुजापाठ गरेका थिए । त्यहाँ, बोखिमले डिगम्बरश्वोर महादेब शिबालयको मन्दिरमा छोरीसहित महन्तसंगै पुजापाठ गरेका थिए ।
थोरै खर्चमा सकारात्मक सन्देश हुने काम गर्न खोजिएको हो, बोखिमले हाम्रोसरोकारसंग कुरा गर्नुहुदैं भने–जन्मदिनमा हुने राम्रा कार्यलाई प्रचारप्रसार गर्ने मेरो योजना हैन् । बोखिमले म अहिले सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संंस्थाको अध्यक्षको नाताले पनि सताक्षीधामका महन्त, साधुसन्तहरुदेखि यहाँ आगान्तुक तीर्थालुहरुका लागि सुविधा प्रदान गरौं भन्ने चाहेको बताए ।
सो क्रममा सताक्षीधामका मुख्य महन्त, स्वामी आनन्द कृष्णजीसहित त्यहाँ सञ्चालन भइरहेको गुरुकुल विद्यालयका प्रधानध्यापक मदनमोहन अधिकारीले बोखिमको जन्मदिनमा शुभकामना र शुभेच्छा समेत व्यक्त गरेका थिए ।
