काठमाडौँ, २० मंसिर–नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ।
सोमबारदेखि जारी पार्टीको केन्द्रीय सचिवालय वैठकले आगामी जेठ ३/७ सम्म गते काठमाडौँमा गर्ने निर्णय भएको पार्टी उपमहासविच जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ। प्रचार विभाग प्रमुखसमेत रहनुभएका खतिवडाले महाधिवेशन तयारी समितिहरू गठन गरिएको बताउनु भएको छ।
