काठमाण्डौं, १९ पौष–आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको जनाएको छ ।

जस अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा।वि प्राविधिक शिक्षालय, प्राविधिक भवन, हेटौडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिमम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीलाई मतदान स्थल तोकिएको छनिर्वाचन आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले जारी गरेको प्रस बिज्ञप्तीमा जनार्यएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् ।

मतदान केन्द्रको विवरण आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको निर्वाचन आयोगले जनाएको छ । तोकिएका मतदान केन्द्रमा मिति २०८०र१०र११ गते बिहान ९-०० बजेदेखि अपरान्ह ३स्०० बजेसम्म मतदानको कार्य हुने आयोगले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *