काठमाडौं, १४ माघ–नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै छ। विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा बिहान ११ः३० बजेबाट सम्मेलन सुरु हुन लागेको हो। सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुने छ।

पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्य योजना सम्मेलनमा बनाइने प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने खतिवडाले जानकारी दिए।

पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्ने छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *