दमक, १४ माघ–सगरमाथा तेकवान्दो डोजाङको आज दमकमा सम्पन्न बैठकले चार जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । यसअघि, दमक सगरमाथा तेकवान्दो डोजाङको सात सदस्यीय कार्यसमितिलाई बढाएर आजबाट ११ सदस्यीय बनाइएको हो ।

डोजाङ अध्यक्ष जीतबहादुर (जीतु) धिमालको अध्यक्षता र बेलायत (युके) स्थित नेपाल सगरमाथा तेकवान्दो डोजाङका भाईस प्रेसिडेन्ट न्दिप राईको उपस्थितिमा सवोदय ईङग्लिस स्कुलमा सम्पन्न भएको बैठकले एक डाक्टरसहित चार जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको हो । डोजाङ अध्यक्ष जीतु धिमालका अनुसार आजको बैठकद्धारा कार्यसमिति सदस्यमा मनोनित हुनेहरुमा डाक्टर सोफिया थुलुङ, भुपाल पौडेल, संगम राई र धिरेन आङ्बुहाङ छन् ।

डाक्टर सोफिया थुलुङ डेन्टलिष्ट बिशेषज्ञ हुन् । दमक थुलुङ डेन्टल केयर क्लिनिकका सञ्चालम समेत रहुनभएका डाक्टर थुलुङले लाइफ लाइन अस्पतालमा कार्यरत छन् ।

त्यसैगरी, पौडेल र आङ्बुहाङ शिक्षा तथा खेलक्षेत्रमा सक्रिय छन् भने राई दमकमा राजनीति र खेलकुद संघसंस्थामा लामो समयदेखि क्रियाशिल छन् ।

बैठकमा युकेस्थित नेपाल सगरमाथा तेक्वान्दो डोजाङका भाइस प्रेसिडेन्ट राईले दमकमा तेक्वान्दो खेलको विकासमा खेलाडीहरुले मात्रै नपुग्ने र यसका लागि डाक्टर, पत्रकार, शिक्षक, विद्यार्र्थी, अभिभावक र राजनीतिकर्मीहरुको सहभागिता हुन आवश्यक रहेको बताए । उनले सगरमाथा तेकवान्दो डोजाङको स्थापना युकेमा भएको र बेलायतबाट क्रमशः नेपाल लगायत अन्य विभिन्न मुलुकहरुमा यसको विकास र प्रवद्र्धनमा लागिरहेको बताए । उनले आज बैठकबाट कार्यसमिति सदस्यमा मनोनित हुने चारैजनालाई बधाईसहित सफल कार्याकालको शुभकामाना समेत व्यक्त गरे ।

सो बैठकमा दमक सगरमाथा तेकवान्दो डोजाङका कार्यसमिति उपाध्यक्ष समेत रहनुभएका सर्वोदय इङ्ग्लिस स्कुलका प्रिन्सिपल नवीय योगीले मनोनीत सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । बैठकमा सचिव रोशन दाहाल, सदस्यहरु कल्पना राई, प्रतिमा तामाङ लगायतको उपस्थिति थियो ।

आजै बैठकले डोजाङमा संस्थागत आजिवन सदस्य बन्नका लागि सदस्यता फारम खुल्ला गरिएको र त्यसका लागि रु २५ सयबाट बृद्धि गरेर रु ५ हजार शुल्क बृद्धि गरिएको छ । त्यस्तैं, संस्थागत आजिवन सदस्यका लागि रु १० हजार शुल्क तोकिएको छ ।

डोजाङ अध्यक्ष धिमालका अनुृसार दमकमा विभिन्न स्थानमा गरी हाल ६ वटा डोजाङ सञ्चालनमा आएको छ । त्यस्तैं, उनले दमकस्थित केन्द्रीय डोजाङले प्रशिक्षार्थी खेलाडीहरुको सीप विकासमा ध्यान दिर्दै आइरहेको र ग्रेडिङलाई निरन्तरता दिइरहेको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *