दमक, १० फागुन–जीवन बिमा कम्पनीहरुमध्ये सवै भन्दा पुरानो र ठूलो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको ३७ वर्ष पुगेको छ । ३७औं वार्षिकोत्सवको अवसरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले कार्यालय परिसरमा एक कार्यक्रमबीच केक काट्नुका साथै शुभकामना आदानप्रदान गरिएको छ ।
दमक शाखा प्रमुख सुमन कुमार राईले सो अवसरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी देशभरको सवै भन्दा पुरानो र ठूलो बीमा कम्पनी भएको बताउनुभयो । वहाँले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रका कार्यरत अभिकर्ताहरु र बीमितहरुलाई आर्कषक दररेट सहितको बोनस र सेवा सुविधा दिन सफल भएको बताउनुभयो ।
वार्षिकोत्सवका अवसरमा यसअघि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले बालबालिका र जेष्ठ नागरिकहरु सम्मान, मिष्ठान भोजन तथा खाद्यान्य सामागीहरु बितरण गर्दै आइरहेको थियो ।
दमकस्थित कम्पनीमा कार्यरत नयाँ तथा पुराना अभिकर्ताहरु र कर्मचारीहरुको उपस्थितिमा आयोजित वार्षिकोत्सवमा ३७औं वर्ष केक काटिएको र सो केकलाई कार्यक्रममा सहभागि अभिकर्ताहरु र कर्मचारीहरुलाई बितरण गरिएको थियो ।
सो अवसरमा अभिकर्ताहरु नारायण खरेल, अनिल राई, ध्रबकुमार अधिकारी, नन्दकुमार लिम्बू, टीका प्रसाद खरेल, गोपाल काफ्ले, कविता राई, महेन्द्र लिम्बू सहभागि थिए । त्यस्तैं, कर्मचारीहरुमा कार्यालय प्रमुख सुमन कुमार राई, खेमराज पौडेल, सम्झाना साँवा, बलदीप लामा, मिना खुलाल, आशा बास्कोटा थिए ।
