काठमाडौँ, १० फागुन–नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) सँग एकता नहुने बताएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेतारकार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

उनले माधव नेपाललाई लक्षित गर्दै दुई तिहाईको पार्टी फोडेकोमा पश्चताप नगर्ने, पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चाताप नगर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताए । उनले अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा चलिरहेको दावी गरेका थिए ।

‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महशुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरुसँग हाम्रो एकता हुँदैन र उनीहरुले प्रवेश पाउँदैनन्‚’ उनले भने, ‘किनभने उनीहरुलाई दुई तिहाईको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चाताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महशुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *